
गुलरिया । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गिरीले सवैसंग समन्वयत्मक रुपमा काम गरिरहेको बताउनुभएको छ ।
नगरपालिकाका १२ वटै वडाहरुमा एउटै मुद्धामा रहि धेरै संस्थाहरुलाई काम गरि रहेको उल्लेख गर्दै उपप्रमुखको रुपमा अव आउने व्यक्तिका लागि सहज हुने गरी सवै संग समन्वय गरि कार्य गरिरहेको बताउनुभएको हो ।
दलित महिला उत्थान संघद्वारा संचालित बालबिवाह तथा चाडै हुने विवाह न्युनिकरण रोकथाम परियोजना अन्तर्गत सरोकारवाला निकायसंग गुलरियामा आयोजना गरेको समन्वयात्मक बैठक बोल्दै उपप्रमुख गिरीले यस्तो बताउनुभएको हो ।
बाल विवाह बारे बोल्दै उहाँले नगरपालिका भित्र बाल विवाह गर्ने मात्रमा कमि आएको भएपनि ठोस नतिजा आउन बाँकी रहको समेत बताउनुभयो ।
मधेशी समदायमा बालविवाह बालबालिका भन्द अभिभावकको दवावमा गर्ने गरेको समेत उल्लेख गर्नुभयो । मधेशी समुदाय भन्दा अन्य समुदायमा भागेर बावविवाह गर्ने प्रचलन हाबी भएको उहाँ भन्नुभयो ।
मुस्लिम समुदायमा रहको ३ तलाकको विषय पनि गम्भिर भएको गीरीले बताउनुभयो । गुलरिया नगरपालिकाभित्र बाँके युनेस्को क्लब, वि–ग्रु, दलित महिला उत्थना संघ, साथी संस्था लगायतले बालविवाहकै क्षेत्रमा काम गरिरहेका छन ।
तसर्थ मुद्धा एउटै भएपनि समन्वयको खाँचो भएको उहाँले जोड दिनुभयो । सवै संस्थाहरु समन्वयत्मक बैठक समेत गर्ने उपप्रमुख गीरीले बताउनुभयो ।
दलित महिला उत्थान संघ बर्दियाले गुलरियाको वडा नम्बर २, ३, ८ र ९ मा सन २०२० जुनदेखि कार्य गर्दै आइरहको छ । सन २०२२ जुनसम्म संचालन हुने सो परियोजनामा बालविवाह न्युनिकरण गर्ने हेतुले विविध कार्यक्रम समावेश गरिएको परियोजना संयोजक जीरा वि.कले जानकारी दिनुभयो ।
बालविवाह बारे सचेतना फैलाउन खालको लोक दोहरी गीत प्रतियोगीता, बक्तृत्व कला, सडक नाटक लगायत कार्यक्रम समावेश गरिएको वि.कले जानकारी दिनुभयो ।





