
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ बुलबुलियास्थित शिवमन्दिर वरपर सरसफाई कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज ४ स्थित महिला मिलिजुली संस्थाको सक्रियतामा मंगलबार बिहान बुलबुलियाको पठानन, दर्जितेली टोल र शिवमन्दिर वरपर सरसफाई कार्यक्रम गरिएको हो ।
मन्दिर क्षेत्र दुर्गन्धित भएपछि संस्थाले आफ्नो वरपरको क्षेत्रको सरसफाई गर्नुपर्छ भन्ने शन्देश प्रवाह गर्न सरसफाई कार्यक्रम गरेको जनाएको छ ।
कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण जंग शाह, समाजसेवी भरत बहादुर बर्मा लगायतको सहभागिता रहेको उक्त सरसफाई अभियान कार्यक्रममा महिला मिलिजुलीका सदस्यहरूले फोहोरमैला व्यवस्थापनमा हातेमालो गरेका थिए ।





