जीपको ठक्कबारबाट घाइतेमध्ये दुईको मृत्यु, एक जनालाई बाँके रिफर

तुलसीपुर । जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको जानकारी दिनुभयो ।

१८ वर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार कहाँ भइरहेको छ भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ । ‘यहाँबाट सबैलाई दाङ पठाएका हौं,’ प्रवक्ता पौडेलले भन्नुभयो, ‘तर, उनीहरू दुई जनाको अभिभावक सम्पर्कमा आउनु भएको छैन । त्यसैले दाङमै उपचार भइरहेको छ वा बाहिरी थाहाँ हुन सकेन ।’

मृतक र घाइते सबै शारदा नगरपालिका ६ का हुन् । उनीहरु सबै नगरपालिकाको वडा नं.१ स्थित शिबजन माद्यमिक विद्यालय सितलपाटीमा अध्यनरत छन् ।

शुक्रबार बिहान दश बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।

थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले बिहान दश बजेतिर शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो ।

तीब्र गतिको डबर क्यापले ठक्कर दिएकामध्ये सबैलाई छाति, अनुहार, हात(खुट्टालगायत शरीरका बिभन्न भागमा गम्भीर चोट पटक लागेको प्रहरीले जनाएको छ । चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच आक्रोशित स्थानीयले दिउँसो दुई बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् । जसले गर्दा सल्यान हुँदै दाङ आउने यातायातका साधन बीचमै रोकिएका छन् ।

Previous articleनगर स्तरीय बाल क्लब सन्जालको चौथो अधिवेशन, नयाँ नेतृत्व चयन गरिँदै
Next articleसाफ च्याम्पियनको उद्घटन खेलमा नेपाल विजयी, आयोजक माल्दिभ्स पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here