नगर स्तरीय बाल क्लब सन्जालको चौथो अधिवेशन, नयाँ नेतृत्व चयन गरिँदै

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको नवौं साधारण सभा तथा चौथो अधिवेशन आज शनिवार हुदैछ ।

अधिवेशनको पुर्ण तयारी भईसकेको नपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालका अध्यक्ष अंकित मिश्रले जानकारी दिनुभयो ।

चौथो अबिधेशनबाट नयाँ नेतृत्व चयन पनि हुने मिश्रले बताउनुभयो । बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिकास्तरीय बाल क्लब संजालको संस्थापक अध्यक्ष श्वेता तिवारी रहनुभएको थियो भने बाँके जिल्लाकै बाल क्लब संजालको संस्थापक अध्यक्ष बिशाल राना मगर रहनुभएको थियो ।

त्यसपछि सुरेन्द्र चलाउने, साहिल अल्सारी, अन्जना चुतुुर्बेदीले संजालको नेतृत्व गर्नुभएको थियो । नपालगन्ज उपमहानगरस्तरीय बाल क्लब सन्जालको अध्यक्ष भएकाहरु अहिले सामाजिक अभियान्ता र बालअधिकारकर्मीको रुपमा बाँके जिल्लामा परिचित छन् ।

बाँके जिल्लामा बाल क्लबको योगदान उत्कृष्ठ रहेको मानिन्छ । बालबालिकाको हकहितको लागि नेपालगन्ज उपमहानगरपालिकाले सराहनीय भुमिका पनि खेलेको छ ।

साथै बाँके जिल्लामा बाल क्लब संजालको गठन र सशक्तिकरणको लागि प्लान ईन्टरनेशनल नेपाल, एफा बाँके, सेफ द चिल्ड्रेन, युनिसेफ, स्याक नेपाल, बाँके युनेस्को क्लब र सिविन नेपालले मुख्य भुमिका खेलेको पाईन्छ ।

Previous articleराप्तीसोनारी गाउँपालिका खसी उत्पादनको हब बन्दै
Next articleजीपको ठक्कबारबाट घाइतेमध्ये दुईको मृत्यु, एक जनालाई बाँके रिफर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here