
बढैयाताल । बढैयाताल गाउँपालिकाको बलै गाउँ सीमा नाकालाई लक्षित गरी मानब बेचबिखन रोकथामका सुरक्षित संञ्जाल गठन गरिएको छ । उक्त नाकामा माइती नेपालले सुचना तथा परामर्श केन्द्र स्थापना गरी कार्य गर्दे आएको छ ।
गाउँपालिका अन्तरगत वडा नं २ मा रहेको बलैगाउँ नाकालाई लक्षित गरी जित बहादुर बि.क.को अध्यक्षतामा नेपाल प्रहरी, ससस्त्र प्रहरी, वडा समितिका सदस्यहरु स्थानिय आमा समुह, स्वास्थ प्रतिनिधि, स्थानिय शिक्षक बिधार्थी, युवा, समेतको सहभागीतामा सञ्जाल गठन गरिएको हो ।
उक्त संञ्जालले स्थानिय स्तरमा नयाँ एवं शंकास्पद व्यक्ति आएको थाहा भएमा सोधपुछ एवं निगरानी गर्ने, जोखिमपुर्ण यात्रामा रहेका शंका लागेका ब्यक्तिहरुलाई सोधपुछ एवं परामर्श दिने, सिमा निगरानी गर्ने, बाटोमा देखेमा आबश्यकता परेमा नेपाल प्रहरी, माइती नेपाल समेतलाई सुचना एवं जानकारी दिने कार्य गर्नेछन् ।
स्थानिय स्तरमा आ आफ्नो कामको सिलसिलामा घर वरिपरि रहदा कामको सिलसिलामा कतै जादा समेत त्यस्ता संकास्पद ब्यक्तिहरुको बारेमा जानकारी लिने दिने आवश्यकता अनुसार सिफारिस समेत गर्ने कुरा सञ्जाल गठन कार्यक्रममा गरिएको थियो ।
संजालले सक्रिय रुपमा काम गरी मानब बेचबिखन तथा ओसार पसार न्युनिकरणका लागी रोकथाम, परामर्श लगाएतका कार्य गर्ने प्रतिबद्धता संञ्जालका अध्यक्ष जित बहादुर बि.क. र बढैयाताल गाउँपालीका वडा नं २ का वडा अध्यक्ष काजीमान सुनार लगायत सञ्जालका पधाधिकारी एवं सदस्यहरुले ब्यक्त गर्नुभयो । माइती नेपालले गरेको कामको प्रसंसा समेत गर्नु भएको थियो ।
उक्त संञ्जाल गठन कार्यक्रममा मानब बेचबिखनको अबस्था, स्थानिय समुदायको भुमिका समेतका बारेमा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले प्रकाश पार्नुभएको थियो ।





