नगर स्तरीय बाल क्लब संजालको अध्यक्षमा नेन्सी शाह चयन

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको अध्यक्षमा नेन्सी शाह चयन हुनुभएको छ ।

शनिबार नेपालगञ्जमा सम्पन्न नगरस्तरीय संजालको नवौं साधारण सभा तथा चौथो अधिवेशनबाट वडा नं.१० का नेन्सी शाह अध्यक्षमा चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा वडा नंं २२ का स्नेहा मगर, सचिवमा वडा नं.२० का अस्मिता देवकोटा, सह सचिव वडा नं.१ का प्रवेशराज पाण्डे र कोषाध्यक्षमा वडा नं.१९ का रिनु गुप्ता सर्वसम्मत चयन हुनुभएको हो ।

त्यसैगरी सदस्यहरुमा सोनी भाट, अमृता सिहं ठकुरी, मधु कोरी, रेश्मा बानो, कृतिका न्यौपाने, सविता कुमारी पौडयाल, बुस्रा राई, सोनम बशंकार, सजल बर्नवाल, काजल सिहं ठकुरी, मधु शर्मा, आनन्द कुमार बर्मा, महेन्द्र शाहु, मनिष राय र नन्दकली रोकाय चयन हुनुभयो ।

अबिधेशन उद्घाटनमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बालबालिकाको हक हितको लागि जिल्ला समिति सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिस्ट, वडा नं.२ का वडा अध्यक्ष सुनिल सिहं हमाल, वडा नं.१२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी, वडा प्रहरी कार्यालयका ईन्चार्ज डिल्ली खड्का, गैरसरकारी संस्था महासंघ, बाँकेका अध्यक्ष नमस्कार शाह, महिला शाखाका प्रमुख शोभा शाह, बालबालिका शाखाका प्रमुख पबित्रा पुरी, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, बालअधिकारकर्मी ऋतिक शाही, साहिल अन्सारी, राजेन्द्र बिस्ट, पुजा बर्मा, श्वेता गुरुङ्ग, सल्मान सल्मानी, मेनका रावत, सहाबुद्धिन हलवाई, देवा बहादुर क्षेत्री, अन्जना चतुर्बेदी लगायतको सहभागिता रहेको थियो ।

Previous articleबढैयातालको बलैगाउँ नाका लक्षित सुरक्षित संजाल गठन
Next articleलेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here