पत्रकारमाथि आक्रमण घट्नाप्रति महासंघ र युनियनको गम्भीर ध्यानाकर्षण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य तथा साधारण सदस्यमाथि भएको आक्रमण घट्नाप्रति नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेले घोर भत्र्सना गरेको छ ।

समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य तथा अनलाईन खोजखबरका पत्रकार जावेद अहमद शाह र नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य एवम् माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरेमाथि भएको आक्रमण घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको दुबै संस्थाले जनाएका छन् ।

समाचार संकलन गर्न पुगेका पत्रकारद्धय शाह र घिमिरेमाथि जानकी गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता नेतृत्वको समुहले गरेको दुव्र्यहार एवम् आक्रमण प्रयास गरिएको हो ।

सिफारिस लगायतका सेवा नपाएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको विषयमा समाचार संकलन गर्न आईतबार वडा कार्यालय पुगेका पत्रकारद्वय घिमिरे र शाहमाथि वडाअध्यक्ष गुप्ता नेतृत्वको समुहले ‘पत्रकार हो’ भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेको दुबै संस्थाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

वडाअध्यक्ष गुप्ताको आक्रमणको धम्कीपछि सर्मथकले प्रहरीकै सामुन्ने पत्रकारलाई घेराउ गरि दुव्र्यहार गर्नुका साथै भौतिक आक्रमणको प्रयास गरेका थिए ।

सुरक्षाका लागि खटिएका प्रहरीले समेत समाचार संकलन गरिरहेका पत्रकारलाई सुरक्षा दिनुको साटो उल्टै क्यामेरा थुत्ने र गलहत्याउने काम गरेको पीडित पत्रकारले बताएका छन् ।

समाचार संकलनका क्रममा वडाअध्यक्ष र प्रहरीबाट भएको दुब्र्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय छ । यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन महासंघ र प्रेस युनियन बाँके शाखाले जोडदार माग गरेका छन् ।

महासंघ बाँके शाखाका सचिव कमल डांगी र युनियन बाँकेका सचिव बिजय मल्लद्धारा जारी बिज्ञप्तिमा आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौं भन्ने उल्लेख छ ।

Previous articleसमाचार संकलन गर्न पुगेका पत्रकारद्धय शाह र घिमिरेमाथि आक्रमण प्रयास
Next articleप्रथम बागेश्वरी कप-न्यू डाँफे र नवदुर्गा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here