समाचार संकलन गर्न पुगेका पत्रकारद्धय शाह र घिमिरेमाथि आक्रमण प्रयास

नेपालगञ्ज । बाँकेमा दुई जना पत्रकारमाथि आक्रमणको प्रयास भएको छ । बाँकेको जानकी गाउँपालिका वडा नं २ मा समाचार संकलन गर्न पुगेको दुई जना पत्रकारमाथि आक्रामण भएको हो ।

नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवम अनलाईन खोजखबरका जावेद अहमद शाह, साधारण सदस्य माउण्टेन टिभीका रविन्द्र घिमिरेमाथि जानकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता नेतृत्वको समुहले आक्रमणको प्रयास गरेका हुन ।

समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुव्र्यवहार एवम आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ बाँकेले आइतबार एक प्रेस बिज्ञप्ति जारी पत्रकारमाथिको आक्रमण घट्ना निन्दानिय भएको जनाएको छ ।

सिफारिस लगायतका सेवा नपाएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको विषयमा समाचार संकलन गर्न आईतबार वडा कार्यालय पुगेका पत्रकारद्वय शाह र घिमिरेमाथि वडा अध्यक्ष गुप्ताले पत्रकार हो भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न समर्थकलाई उक्साउनुभएको थियो ।

वडाअध्यक्ष गुप्ताको आक्रमणको धम्कीपछि सर्मथकले प्रहरीकै सामुन्ने पत्रकारलाई घेराउ गरि दुव्र्यवहार गर्नु साथै भौतिक आक्रमणको प्रयास गरेका थिए ।

यस्तै सुरक्षाका लागि खटिनुपर्ने प्रहरीका असई एसके चौधरीले समेत समाचार संकलन गरिरहेका पत्रकारलाई सुरक्षा दिनुको साटो क्यामेरा थुत्ने र गलहत्याउने काम गरेको पीडित पत्रकारद्धयले जानकारी दिनुभयो ।

महासंघ बाँकेका सचिव कमल डाँगीद्धारा जारी बिज्ञप्तिमा यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदूत अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन महासंघ बाँके सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

Previous articleन्यायको माग गर्दै निस्केको बाँकेको टोली मुग्लिन पुग्यो
Next articleपत्रकारमाथि आक्रमण घट्नाप्रति महासंघ र युनियनको गम्भीर ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here