
जानकी । सभ्य समाज नेपाल बाँकेको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा शनिबार ५ औं साधारणसभा गरिएको हो ।
साधारणसभामा गैरसरकारी संस्था महासघं, बाँकेका अध्यक्ष नमस्कार शाहले सभ्य समाज नेपालले ग्रामिण क्षेत्रमा सचेतनामुलक कार्यक्रम र बाल विवाह विरुद्ध अभियान सन्चालन गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य हिक्मत विक, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, युवा अभियान्ता राजन बर्मा, पत्रकार पवन जयसवाल, बन्जारेगाउँ माबिका प्रधानाध्यापक आदित्य बर्मा लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा उत्कृष्ठ कर्मचारी उदयराज जयसवाललाई घोषणा गरिएको थियो । साधारणसभामा उपस्थित भएका प्रमुख अतिथि एवं अन्य अतिथिलाई उपाध्यक्ष पुस्पा सुनारले स्वागत गर्नुभएको थियो । सोही अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको छ ।
यस्तै ५ औ साधारण सभाबाट पुन सूर्यलाल यादवको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । नव निवार्चित कार्य समितिको उपाध्यक्षमा पुस्पा सुनार, महासचिवमा भिष्म लोध, सचिवमा, सोम गुरुङ्ग, कोषाध्यक्षमा मिना पुन रहनुभएको छ ।
यस्तै सदस्यहरुमा दिपक बज्राचार्य, हसिना मुकेरी, रमेश यादव र रेणु सिहसहित ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।





