कार्यवाहक अध्यक्षको जिम्मेवारी सिजापतिलाई प्रदान

नेपालगञ्ज । राष्ट्रिय शक्ति नेपाल बाँकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव सुजित सिंह सिजापतिलाई दिइएको छ ।

राष्ट्रिय शक्ति नेपाल केन्द्रीय कार्यालयले आइतबार एक पत्रमार्फत बाँकेको अध्यक्षले राजीनामा दिएको भन्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला सचिव सिजापतिलाई दिइएको जानकारी गराएको हो ।

‘जिल्ला अध्यक्ष सर्बेश अर्यालले जिल्ला अध्यक्ष पदबाट राजीनामा गर्नु भएको हुनाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि तपाई जिल्ला सचिवले नै कार्यवाहक भइ कार्य सञ्चालन गर्न निर्देशन गरिएको छ,’ राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अध्यक्ष केशर बहादुर बिष्टद्धारा जारी पत्रमा उल्लेख छ ।

Previous articleसभ्य समाज नेपालको अध्यक्षमा पुन : यादव, पाँच जनालाई शैक्षिक सामाग्री प्रदान
Next articleबढैयातालका २५० परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here