लेनदेन मुद्दामा फरार खजुराका एक जना पक्राउ

नेपालगञ्ज । लेनदेन मुद्दाका फरार एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन मुद्दामा फरार रहेका बाँकेको खजुरा गाँउपालिका वडा नं ३ का ६६ वर्षीय तिलक बुद्धी बहादुर मगरलाई पक्राउ गरेको जनाएको हो ।

बाँके जिल्ला अदालतको मिति २०७७।०६।१५ गतेको फैसलाले मगरलाई ८ महिना कैद तोकिएको थियो ।

फैसला भएदेखि नै फरार रहेका मगरलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

मगरलाई जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।

Previous articleपत्रकार आक्रमण घट्नामा दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग
Next articleपत्रकारमाथि दुव्र्यवहार गर्ने असइ चौधरीले गल्ती स्वकारे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here