पत्रकारमाथि दुव्र्यवहार गर्ने असइ चौधरीले गल्ती स्वकारे

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ ।

वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो ।

सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेका थिए । पत्रकार महासंघ बांकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम र बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपाने बिच सोमबार भएको छलफलमा असइ चौधरीले माफी माग्नुभएको हो ।

चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नु भयो महासंघका अध्यक्ष भण्डारीले भन्नुभयो पत्रकारहरुको सुरक्षाका लागि महासंघ प्रतिबद्ध छ । वडाअध्यक्ष भने अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

Previous articleलेनदेन मुद्दामा फरार खजुराका एक जना पक्राउ
Next articleबर्दियामा हत्या मुद्दाका फरार १२ वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here