नेपालगञ्जमा दुई परियोजना संचालन हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा दुई वटा परियोजना संचालन हुने भएको छ । सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले दुई वटा परियोजना नेपालगञ्जमा संचालन गर्न लागेको जानकारी गराएको छ ।

मंगलबार सरोकारवालाबीच परियोजना परिचयात्मक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाभित्र किशोर किशोरी तथा युवा शसक्तिकरण र जोखिम संचार तथा समुदाय संलग्नता नामक दुई परियोजना संचालन गर्न लागेको जनाएको हो ।

मंचले सेभ द चिल्ड्रेनको साझेदारीमा किशोर किशोरी र युवा शसक्तिकरण परियोजनामार्फत बाल गरिबी अन्तर्गत (जिविकोपार्जन तथा शिक्षा–८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्य–४ प्रतिशत र सरसफाई–७ प्रतिशत) कार्यक्रमहरु सचालन गरिनेछ ।

यस परियोजनामा १३ देखि १५ वर्ष तथा १६ देखि २४ वर्षकालाई लक्षित गरिएको छ । साथै यसमा नेपालगञ्जभित्र रहेका माध्यमकि बिद्यालयहरु समाबेश गरिने जनाइएको छ । ४ करोड ५२ लाख ८६ हजार बजेट रहेको परियोजना जुलाई २०२१ देखि ३० जुन २०२६ सम्म संचालन हुने परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी जोखिम संचार र सामुदाय संलग्नता परियोजनामार्फत बृद्धबृद्धा, सिमान्तकृत समुदाय तथा अन्तर्निहित स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, स्वास्थ्य सेवाका कर्मचारीहरु, बालबालिका र युवाहरुमा लक्षित रहेको जनाइएको छ ।

परियोजनाले संचार कार्य र मिडिया, सामुदायिक संलग्नता, प्रमाण निर्माण र दस्तावेजीकरण र क्षमता निर्माणका प्रयासहरु अन्तर्गत कार्यहरु गर्ने परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनुभयो । २३ लाख ५० हजार बजेट रहेको यो परियोजना अक्टुबर २०२१ देखि जनवरी २०२२ सम्म संचालन हुनेछ । यस परियोजनामा बिभिन्न उमेरलाई लक्षित गरिएको छ ।

परिचयात्मक कार्यक्रममा नेपालगञ्जकी उपमेयर उमा थापा मगर, वडा नं ७ का वडाअध्यक्ष जुम्मन खाँ, वडा नं ८ का वडाअध्यक्ष सुरेन्द्र कुमार गुप्ता, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, शिक्षा संयोजक गोरख बहादुर थापा, स्वास्थ्य संयोजक राम बहादुर चन्द, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली खड्का, सेफ द चिल्ड्रेनबाट परियोजना संयोजक फुलकुमारी चौधरी र बिभिन्न बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

२०५४ सालमा स्थापना भएको मंचले शिक्षा, स्वास्थ्य, आयआर्जन, वातावरण, कृषि र बिज्ञान क्षेत्रको अवसरबाट बञ्चित दलित, जनजाति, श्रमिक बालबालिका, युवाहरु र पिछडिएको समुदायको जीवनस्तरमा सुधार ल्याउनका साथै उनीहरुलाई सामाजिक र आर्थिक रुपले शसक्त बनाई बिकास कार्य तिर उन्मुख गराउने उद्देश्यकका साथ अघि बढिरहेको जनाइएको छ ।

Previous articleप्रेम लम्साल बर्दियाकै उत्कृष्ठ रक्तदाता, ९३ जनाद्धारा रक्तदान
Next articleबाँकेको गाभरमा पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिता सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here