प्रेम लम्साल बर्दियाकै उत्कृष्ठ रक्तदाता, ९३ जनाद्धारा रक्तदान

नेपालगन्ज । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.–३ मानपुर निवासी प्रेम प्रसाद लम्सालले असोज १९ गते मंगलवार ५८ औं पटक रक्तदान गर्नु भएको छ ।

उहाँ जिल्लाकै उत्कृष्ठ रक्तदाताको रुपमा पर्नुभएको छ । साथै यही असोज १६ गते शनिवार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष पे्रम सागर कर्माचार्यको प्रमुख आतिथ्यिमा गठित नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष पदमा पनि चयन हुनु भएको प्रेम प्रसाद लम्सालले ५५ वर्षको उमेरमा असोज १९ गते ५८ औं पटक रक्तदान गर्नुभएको हो ।

उहाँले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आएर रक्तदान गर्नु भएको हो । उहाँ यस अघि बि.सं.२०७८ अषाढ २१ गते कोहलपुरको रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान गर्नुभएको थियो ।

लम्साल बर्दिया जिल्लाको ठाकुबाबा नगरपालिकाको भुरीगाउँमा रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समिति सदस्य तथा शिक्षा समितिको संयोजकको पनि जिम्मेवारी सम्हानु भएको छ । यसरी बाँके जिल्लामा छुट्टा छुट्टै आयोजना गरिएको रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गर्नु भएको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरको प्राङ्गणमा पुर्ण ब्रम्ह कबीर उपासक समाज बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।

यसैगरी मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जनाले गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल पुलामी थापामगर, सञ्जय बढही, राजेन्द्र महतरा, सन्दिप आचार्य, करन चौधरी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

Previous articleमानव बेचबिखन बिरुद्ध अभिमुखिकरण
Next articleनेपालगञ्जमा दुई परियोजना संचालन हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here