बाँकेको गाभरमा पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिता सम्पन्न

गाभर । बाँकेको बैजनाथ गाउँपालिका वडा नं १ स्थित गाभरमा पालिका स्तरीय व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, ईकाई कार्यालय बैजनाथ १ ले वडा दशै २०७८ सालको उपलक्ष्यमा आयोजना गरेको व्याटमिन्टन प्रतियोगिता मंगलबार बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, नं.४ बाहिनीपति सहायक रथि हरेन्द्र पाठकको बिशेष उपस्थितिमा प्रतियोगिताको समापन गरिएको हो ।

खेल स्वास्थ्य जीवनका लागि एउटा महत्वपूण माध्यम हो, खेल खेलौं स्वस्थ रहौं भन्ने सन्देश दिँदै खेललाई मानवले नियमित बनाउनुपर्ने बाहिनीपति पाठकले जोड दिनुभयो ।

बैजनाथ गाउँपालिकाको साझेदारीमा एक लाख नौ हजार पाँच सयको लगानीमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितालाई सह प्रायोजकको रुपमा सामाजिक बिकास मंच (एस डि एफ) बाँके, इन्रुडेक बाँके, स्पोर्टस् ग्यालेक्सी नेपालगंज, रेरी बाँके, साना किसान कृषि सहकारी, चिसापानी कृषि सहकारी लगायतका संघ संस्थाले सहकार्य गरेका थिए ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, ईकाइ कार्यालयका अध्यक्ष मोहन सिंह राना मगरको अध्यक्षतामा समापन भएको कार्यक्रमलाई चम्पंिसह थापा मगरले संचालन गर्नुभएको थियो । प्रतियोगिता थारु भिलेज होम स्टे, घर नं.१४, गाभर भ्याली च्याँमामा संचालन भएको थियो ।

Previous articleनेपालगञ्जमा दुई परियोजना संचालन हुँदै
Next articleनेपालगन्जमा अब प्रबिधियुक्त ‘द रोयल युनिसेक्स सलुन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here