नाकामा कुकुरको सहायताबाट चेकजाँच

नेपालगञ्ज । चाडपर्वलाई लक्षित गरेर बाँके प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ ।

दशैं, तिहार, छठ लगायतका पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको बाँके प्रहरीले शनिबार नेपालगन्ज उपमहानगरपालिका १५ जमुनामा कुकुरबाट चेकजाँच सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके, तालुक कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर), इलाका प्रहरी कार्यालय जमुनाहा र जयसपुरको टोलीले चेकजाँच गरेको हो ।

भारतबाट हुन सक्ने आपराधिक घटना नहोस् भन्ने उद्देश्य र अर्कोतर्फ छिटो छरितोका लागि कुकुरबाट चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ। लभ र व्यूटी नामक कुकुरले चेकजाँच सुरु गरेका हुन् ।

भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवत जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक इश्वरदेव गिरीले जानकारी दिनुभयो ।

चाडपर्वलाई लक्षित गरेर बाँके प्रहरीले थप डेढ सय सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments