रेडपाण्डाको छालासहित एक पक्राउ

नेपालगञ्ज । प्रहरीले नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-४ बुद्धमन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका-१ का २८ वर्षीय मनिराम सुनारलाई एक थान रेडपाण्डाको छालासहित पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सुनारले बोकेको झोला चेकजाँच गर्दा रेडपाण्डाको छाला बरामद भएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

रेडपाण्डाको छाला कहाँबाट कसरी र कसलाई दिन ल्याएको भन्नेबारेमा अनुसन्धान गरिरहेको पनि अधिकारीले बताउनुभयो ।

Previous articleनरैनापुरमा गरिएको भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै
Next articleनाकामा कुकुरको सहायताबाट चेकजाँच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here