बी–ग्रुप बाँकेको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा टेक बहादुर पुन

नेपालगन्ज । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २२ औं साधारण सभा र ७ औं अधिवेशनबाट टेक बहादुर पुन अध्यक्षमा चयन हुनु भएको छ ।

यस्तै उपाध्यक्षमा मिरा खनाल सापकोटा, सचिवमा कालिका बस्नेत,कोषाध्यक्षमा नर्वदा दाहाल, सह–सचिवमा कमलराज खत्री,सदस्यहरुमा रिताकुमारी शाही, डा.इन्द्रबहादुर भण्डारी चयन हुनुभएको हो ।

प्रतिनिधी सभा संघीय सचिवालयका सचिव गोपाल नाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उप–महानगरपालिका वडा नं.१ का अध्यक्ष प्रमोद रिजाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारीको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोह पानसमा दियो बालेर गरिएको थियो । संस्थाको कार्यकारी समितिका सदस्य मिरा खनाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय डोलबहादुर भण्डारीको मृतआत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा गरेको प्रगतिको प्रतिवेदन संस्थाका सचिव टेकबहादुर पुन र आर्थिक प्रतिवेदन संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी अतिथीहरुले संस्थाले लक्षित समुदायको सशक्तिकरण र स्रोतमा पहँुच विकास गर्न पु¥याएको योगदान, संस्थागत शुसाशन र कोभिड–१९ को महामारीले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न तथा संक्रमणको फैलावटलाई रोकथाम गर्न बाँके र बर्दिया जिल्लामा पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभयो ।

Previous articleनेपालमा सिया मुस्लिम समुदायको पहिलो पटक रक्तदान
Next articleकिशोरी क्लबको आयोजनामा नरैनापुरमा भलिवल प्रतियोगिता, नमुना युवा क्लबको वर्चश्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here