
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ मा किशोरी क्लबले आयोजना गरेको खुला भलिबल प्रतियोगिता नमुना युवा क्लबले जित हाशिल गरेको छ ।
सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिका, सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको अवशरमा आयोजित खुला भलिबल प्रतियोगिता नमुना युवा क्लबले खुला तथा किशोरीतर्फको जित हाशिल गरेको हो ।
खुला तर्फबाट दोश्रो स्थानमा जय किशान मावि र तेश्रो स्थानमा बघौडा भलिवल क्लबले जित हाशिल गरेको छ । यस्तै किशोरीतर्फ प्रथम नमुना युवा क्लब, दोश्रो स्थानमा सृजनशिल किशोरी क्लब र तेश्रो स्थानमा प्रगतिशिल किशोरी क्लबले हात पार्न सफल भएको छ ।
विजयी टिम प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशःःनगद रु.५०००।– ४०००।–, ३०००।–र प्रमाण पत्र प्राप्त गरेका थिए । भलिवल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तीयाक अहमद शाहले नगद पुरुस्कार र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
प्रमाण पत्र वितरण गर्नु हुदै शाहले नरैनापुरमा २ वटा रंगशाला निर्माण गरिने जानकारी दिनुभयो । अहिले युवा तथा खेलकुद मन्त्री यसै क्षेत्रको भएको हुदाँ खेलकुदको विकास हुुनेमा ढुक्क भएका समेत बताउनुभयो ।
साथै स्थानीय युवा अरुण यादव र नरहरि योगीले नरैनापुरको समग्र विकासको लागि युवा तथा खेलकुद मन्त्रीसंग दशैपछि भेटघाट गरिने बताउनुभयो ।
प्रतियोगितामा तीन वटा विद्यालय, तीन वटा क्लब सहित ६ वटा टीमको महिला र पुरुष गरि जम्मा ९ वटा समूहमा प्रतिस्पर्धा गरेका छन् ।
जसमा महेन्द्र मा.वि. मटेहिया ,जय किसान मा.वि.भोजपुर, आदर्श मा.वि.लक्ष्मणपुर, नमुना युवाक्लब कोहला र बघौडा युवा क्लब, लक्षणपुर र आयोजक सृजनशील किशोरी क्लब रहेका थिए ।
खेलमा तिर्थराम मौर्य र नरहरी योगीले रेफ्रीको भुमिका निभाउनुभयो । किशोरी क्लबकी अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खेलकुदमा अघि बढ्न थप हौशला प्रदान गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको बिशेष पहलमा नरैनापुर गाउँपालिकामा विभिन्न खेलको आयोजना गरिएको प्रतियोगिता संयोजक अरुण यादवले जानकारी दिनुभयो ।





