लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने

काठमाण्डौं । बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने भएको छ ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयाबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र बङ्गलादेशबीच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बौद्ध विहार बनाउन लागेको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीको पश्चिम क्षेत्रमा रहेको प्लट नम्बर डब्लुसीमा ८० वर्गमिटर क्षेत्रफलमा विहार बनाउने गरी बङ्गलादेशले सम्झौता गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । बङ्गलादेशले बौद्ध विहार बनाएपछि लुम्बिनीमा प्रतिनिधिमूलक विहार निर्माण गर्ने देशको संख्या १८ पुग्नेछ ।

Previous articleआज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै
Next articleहात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here