हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

गुलरिया । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राजापुर नगरपालिका १० हप्ती कोठियाघाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको हो ।

घर फर्किंदै गर्दा गएराति (शनिबार) दहितलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ । आज (आइतबार) बिहान बेचन मृत अवस्थामा फेला पर्नुभएको छ ।

मृतकको शरीरमा हात्तीले कुल्चिएको दाम देखिएको छ । घटनास्थल वरपर हात्तीका पाइला पनि देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

Previous articleलुम्बिनीमा बङ्गलादेशले बौद्ध विहार बनाउने
Next articleउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here