उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको झन्डै ४० घन्टामा नेपाली कांग्रेस बाँकेका नेता गजेन्द्र हमालले पदबाट राजीनामा दिनुभएको छ ।

बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

हमाल संघीय संसदमा सांसद थिएनन् तैपनि उहाँ मन्त्री हुनुभएको थियो । संविधानमा सांसद नभएका व्यक्ति ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ ।

हमाल मन्त्री भएपछि आलोचना भएको थियो । सत्तारूढ नेपाली कांग्रेससहित सत्तागठबन्धनभित्र पनि यसबारेमा आलोचना भइरहेको थियो ।

हमाल मन्त्री नियुक्ति भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पनि विवादमा तानिनुभयो । हमाल प्रधानन्यायाधीश चोलेन्द्रका जेठान पनि हुनुहुन्छ ।

आफूमाथि सञ्चार माध्यमहरूमा आइरहेका आलोचनाले गर्दा मन्त्री परित्याग गरेको हमाल बताउनुहुन्छ । पदका लागि राजनीति नगरेको उहाँको भनाइ छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments