
काठमाण्डौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताउनुभएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उहाँको छ ।
आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताउनुभएको छ । बाँके कांग्रेसका पूर्वसभापति रहनुभएका हमाललाई देउवाले मन्त्री बनाउनुभएको थियो ।
उहाँ सांसद पनि हुनुहुन्न । उहाँ नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुनुहुन्छ । मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ ।
उहाँ असोज २२ गते मन्त्री नियुक्त हुनुभएको थियो । उहाँ मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए ।





