वाईसिएलको प्रथम नगर सम्मेलन सम्पन्न, खान अध्यक्षमा चयन

नेपालगन्ज । “उत्पादन स्वरोजगार आत्मनिर्भरताका लागि समाजवादका बाटोमा अघि बढौ, सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्ने वाईसीएल नेपालको प्रथम नगर सम्मेलन सफल पारौं” भन्ने मुल नाराका साथ (वाईसिएल) नेपालगन्जको नगरस्तरीय सम्मेलन आज नेपालगन्जमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन (योङ कम्युनिस्ट लिग वाईसिएल) नेपालको नेपालगन्ज उप-महानगरपालिका स्तरीय प्रथम नगर सम्मेलन आइतबार नेपालगन्जमा सम्पन्न भएको हो ।

योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको प्रथम नगर सम्मेलन कार्यक्रम नेपालगन्जको न्युरोडस्थित एक होटलको सभा कक्षमा शुरूभएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा वाईसिएलका केन्द्रिय सम्मेलन आयोजक समिती सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज गणेश शाहीले गर्नुभएकाे थियाे ।उद्घाटन समारोहमा माओवादी केन्द्रका बाँके अध्यक्ष आइपी खरेल, लुम्बिनी प्रदेश सचिवालय सदस्य अत्तहर हुसैन फारूकी, प्रदेश सदस्य अकल बहादुर वम, नवीन शर्मा, नेपालगन्ज उपमहानगरपालिका समिती अध्यक्ष डिल्ली वराल, मुस्लिम महिला संघका केन्द्रीय सदस्य कश्मिरा खातुन, अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज नगर अध्यक्ष मन्दिरा पाण्डे, वाइसिएलका लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, युवा नेता रतन शाही लगायतले मन्तब्य राख्नुभयाे ।

नेपालगन्ज उप-महानगरपालिका स्तरीय प्रथम नगर सम्मेलन कार्यक्रमका बीच पार्टी प्रबेश कार्यक्रम समेत गरेको थियो । सो पार्टी प्रबेश गर्नेहरूमा जसपा र एमालेबाट एक सय ६० जनाले पार्टी प्रबेश गरेको आयोजकले जनाएको छ ।प्रथम नगर सम्मेलनबाट इमाम खानको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । चयन गरेका उपाध्यक्ष: कमरेड बिकाश भुजेल, क. रोशन थापा, महबुब अली शेष, सचिब: क. बिबेक राना, सह- सचिव: क. ताहिर शेष राई, क. सोममाया घलान, क. विबेक वली, क. सपना वारी, कोषाध्यक्ष: क.अमर बंशकार लगायत ४५ सदस्य कार्यसमिति चयन गरिएको छ ।

नगर सम्मेलनका कार्यक्रम वाईसीएल नेपालका नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष इमाम खानको अध्यक्षता भएको थियो भने विवेक रानाभाटले कार्यक्रम संचालन गर्नुभयाे ।

नेपालगन्जमा पहिलो पटक सम्पन्न भएको प्रथम नगर सम्मेलनमा उप-महानगरभित्रका २३ वटै वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरूको उपस्थिति रहेको अध्यक्ष खानले बताउनुभयाे ।

Previous articleउद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
Next articleनेपालगन्जमा छाडा चाैपायाकाे बिगबिगी, दैनिक दुर्घटना निम्तिदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here