महिला अधिकारकर्मी रुवी खान रिहा

नेपालगञ्ज । सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ ।

गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको थियो ।

बाँकेमा २ जना महिला हत्याको विषयमा न्याय खोज्न नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा गरेर पुगेकी खानसहितको टोलीलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो ।

तर अन्यलाई केही समय पछि रिहा गरेपनि खानलाई भने प्रहरीले रिहा गरेको थिएन । प्रहरीले खानको बहु बिवाह सम्बन्धि मुद्दामा पक्राउ गरेको जनाउदै आएको थियो ।

Previous articleसबैको आ-आफ्नै दशैं !
Next articleबडा दशैंअन्तर्गत आज मुख्य दिन विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here