सबैको आ-आफ्नै दशैं !

दसैको माहोलले हामी सबैलाई छोइसकेको छ । शहरका विभिन्न गाउँ टोलमा सिंगरिएको दुर्गा माताको मुर्ती । बजारमा सपिङ गर्नेहरुको भिड । सबैलाई आआफ्नै गृह जिल्ला जानको लागि हतार छ । बसहरुफुल प्याक, दुर्गा भवानीको मन्दिरमा दर्शन गर्नलाई बिहानैबाट दर्शनार्थीहरुको भिड छ ।

हुने खानेदेखि हुँदा खादासम्मको लागि दसैको रौनकले छोवस । सबैलाई २०७८ सालको बिजया दशमीको शुभकामना । यसै सन्दर्भमा हामीले डिउटीमा दसै मनाउनेहरुको कस्तो छ, तपाईंको दसै भनेर विभिन्न व्यक्तिसंग कुराकानी गरिएको छ ।फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार ।। प्यारिले हरेक महिना चिट्ठी पठाउँछिन ।। यो बर्स त जसरी नि घर आउनु भन्छिन । बाबा कहिले आउने भनेर छोरा छोरी बस्छन है दिन गनेर ।।। श्याम कृष्ण अधिकारी, प्रमुख जिल्ला प्रहरी कार्यलय बाँके ।

सर्बप्रथम देश तथा बिदेशमा बस्ने सबै नेपाली दाजु भाई दिदिबहिनी र सम्पुर्ण नेपालीजनमा ह्याप्पी बिजया दशमी । यसपाली मेरो बुबा बितेर दसै छैन, तर पनि मुवा र परिवार सबै यतै आइसकेका छ्न । परिवारसंग खानपिन गर्ने त्यही हो, सधै झै यसपालीको दसै पनि मेरो ब्यारेक मै छ । डिउटी मै बित्छ दसै । अन्य समयभन्दा अझै बढि हामी बिजि हुन्छौं । दसै तिहार चाडपर्वमा चोरी डकैती अपराधिक क्रियाकलाप अझ बढि हुन्छ ।

यो बेला शान्ति सुरक्षाको जिम्मेवार प्रमुख हो हाम्रो । मातहतका सबै कर्मचारीलाई पालो पालो गरेर दुई तीन घन्टाको लागि भएपनि घर परिवारसंग बिजया दशमीको टिका आशिर्वाद ग्रहण गर्न समय दिएका छौं । सुरक्षाको लागि जति बेला पनि तयार छौं हामी । दसै मलाइ एकदमै मन पर्ने चाड हो । प्रहरीमा जागिर गरे पश्चात प्राय सबै दसै ब्यारेक मै मनाएको छु । आफ्नो कार्ये क्षेत्र अनुसार सबैले काम गर्नु पर्छ । शान्ति सुरक्षा प्रदान गर्नु हाम्रो काम र दायित्व हो ।

खुशी लाग्छ जनताको सेवामा दसै मनाउँदा । मेरो घर तनहु हो । बाल्यकाल हुँदाको दसैको निकै हुन्थियो । स्कुल अगाडी मेरो घर थियो । सबै साथी जम्मा हुने फुटबल, भलिबल खेल्ने, रमाइलोको लागि तास खेल्थ्यौं । नयाँ लुगा, स्कुल बिदा, निकै रमाइलो हुन्थ्यो । पिङ खेलेको, आफन्तसंग टिका लगाउँदा नयाँ नोट पाउँदा सारै खुशी लाग्ने याद आउँछ ।नमुना के सी, प्रादेश सभासद । सबैलाइमा दुर्गा भवानीले रक्षा गरून् । सबैको प्रगति उन्नति होश । मेरो दसै घर ढ्केरीमा छ । दसैको सुभारम्भबाट नै आफू निर्वाचित राप्ती सोनारी र नरैनापुरमा पनि सहिद र बेपता परिवारसंग भेटघाट मा छु । संकटकालमा हामीसंगै हिडेका जो अहिले हुनुहुन्न, उहाँको घर गैराछु ।

अलिकती भएपनि न्यास्रो कम हुन्छ । हामी समाज परिबर्तन गर्नको लागि हिडेको मान्छे साधारण तरिकाले दसै या कुनै चाडपर्व मनाउँछौं । संकटकालको बेलाको दसै त के सम्झिनु । उफ । निकै गाह्रो थियो परिस्थिति । सानो हुँदा पिङ खेल्ने । नयाँ लुगा लगाउने, मासु भात, स्कुल बिदा निकै रमाइलो लाग्थ्यो ।डा.राहुल थापा, एम.डी, बेस्ट्र्न हस्पिटल नेपालगन्ज । सबैलाई बिजया दशमीको शुभकामना दुर्गा भगवतीले सबैको मनोकामना पूरा गरून् । यसपालीको दसैपनि सामान्य तरिकाले नै मनाउदै छु । घरपरिवार, आफन्तसंग बस्ने मान्यजनबाट टिका जमरा ग्रहण गर्ने नै हो ।

सधै बिजि हुने पेशा हो । टिकापछि सिधै अस्पतालमा पुग्छु । ईमर्जेन्सी बिरामी आए जाहा भएपनि पुग्नुपर्छ । बिरामीको सेवा गर्नु डा।को पहिलो प्राथमिकता हो बाल्यकालको दसै मेरो नेपालगन्ज मै बित्यो । त्यो बेलाको त निकै रमाइलो नि, जिम्मेवारी थिएन । स्कुल बिदा साथीहरुसंग संगै गएर सपिङ गर्यो । घुम्न गयो । खासै खानको सोकिन छैन म । पोहरभन्दा केही सहज छ । रमाइलो नै छ मेरो दशै ।सम्राज्ञ आर एल शाह । सबैलाई ह्यापी बिजया दशमी । भर्खरै मात्र दसैको माया प्रेम गित सार्बजनिक भएको छ । राम्रो रेस्पोन्स पाएको छौ । यसपालीको दसै हाम्रो पुर्खौली घर बिरगंज छ । लामो समयपछि गाउँ जाँदै छु, रमाइलो नै हुन्छ ।

यसपाली मैले दसैमा रातो रङको सिफन सारी लगाउदै छु । रातो रिका जमारामा सबै निकै सुन्दर देखिन्छ्न । म खाना भन्दा पनि घुम्न र लाउन मा बढी सोकिन छु । हाँस्दै…..हाम्रो परिवार संयुक्त छ, सबै काम मामु, ठुलो मामु, काकी र मुवाहरुले गरिबक्सिन्छ ।

दिजु, भाइ र हामी त तास खेल्ने गर नजिक पिङ हुन्छ, पिङ खेल्यो । नाच्यो रमाइलो गर्यो त्यही हो । मेरो पढाइ इन्डिया भएको हुनाले बाल्यकालको दसैको मलाई नवरात्रको याद आउँछ । त्यहा नवरात्रलाई बढी महत्व दिइन्छ । निकै रमाइलो हुन्छ त्यहा ।

म दसै, तिहारको बिदा घर आउदा सबै खुशी भैबक्सिन्थियो । कलाकार भएपछि प्रोगामको लागि दुई पटक बिदेश गएको छु । आफ्नो कमाइबाट मामु, पापु र भाईलाई सपिङ गरिदिन्छु त्यही हो ।पाइलट मनिष बिस्ट, नेपाल बायुसेवा निगम । ह्यापि दशै टु….अल । माता भगवतीले सबैको रक्षा गरून् । हाम्रो काम चाडपर्वको समयमा अझै बिजि हुने काम हो । यो बेला यात्रुको अन्य समय भन्दा बढी चाप हुन्छ हामिले सेवा दिनुपर्छ र दिएका छौं । यात्रुहरुलाई गन्तब्यमा पुर्याउनु पहिलो काम हो हाम्रो, आफ्नो काममा सधै खुशी लाग्छ ।

म पाइलट भएको १८/२० वर्ष भयो । मैले सबै दशै जाहाज मै डिउटी गरेरै बिताएको छु । बाल्यकाल त स्कुल बिदा साथीहरुसंग बिभिन्न ठाउँमा बाइक घुम्न गयो । नयाँ कपडा, मुभी हेर्न गयो त्यही नै हो ।

काठमाडौंमा पन्चमीसम्म एकदमै बजारमा मनिसको चहलपहल हुन्थ्यो, सप्तमीपछि मानिस आफ्नो घर जान्थे सुनसान हुन्छ । जे होश डिउटीमा दशैको पनि मज्जा छ । क्रु क्याम्पमा सबैले दशै मनाउदा रमाइलो हुन्छ, तर मिलाएर सबैले दशैको टिकाको दिनबाट पुर्णिामासम्म टिका लगाउँछौ ।अञ्जली शाह, गृहणी । सबैलाई दसैको शुभकामना । यसपालीको दसै पोहर भन्दा निकै रमाइलो भैराछ । पोहर कतै जान पाइएन । यसपाली सबै परिवार जो रुकुम बसिबक्सिन्छ, सबै अस्ति नै सवारी भैबक्स्यो ।

नवरात्रबाट नै दसै रमाइलो लाग्छ, मलाई दुर्गा माताको विशेष पुजा हुन्छ । बजार रमाइलो हुन्छ । अस्तिबाट नै रमाइलो भैसक्यो । खानेकुराको परिकार लगभग रेडि हुँदैछ ।

ससुरा बुवा, जेठाजु, जेठानी दिजु, आमाजु दिज्जुसंग टिका लागाउने । त्यसपछी छोरा छोरी, भान्जा भन्जिलाई टिका लगाउने दक्षिणा दिने हो । घरमा हुँदा पहिलेबाट म मुवालाई सघाउथे । अब त बुहारी भैयो । सबै जिम्मेवारी हुन्छ । के कसरी गर्ने । सबै जमघट हुन्छ रमाइलो नै हुन्छ ।

हाम्रो घरमा दसैमा स्पेसल, मटन कवाफ । बिरयानी । माछाको अचार हुन्छ, अरु र नर्मल सबैको जस्तो नै हो । यश पाली छोरीहरु र आफूलाई सेम ड्रेस बनाएको छु । भान्छामा टिकटक बनायो रमाइलो हुन्छ । यसपाली माइतीमा टिका छैन । पोहर भन्दा रमाइलो छ ।अनिशा घमला, तेस्रो लिङ्गी महिला, मिस पिङ नेपाल फस्ट रनर अफ । ह्यापी दशै टु….अल । यस पाली पनि अघिल्लो बर्ष जस्तै घर परिवारसंगै दशै मनाउदै छु । साथमा हाम्रो संस्था बुलु डायमण्ड सोसाइटीमा पनि टिका लगाउछौ, खानपिन गर्छौ । यस दशैको सपिङ्ग धेरै गरेको छैन, घरमा सारी लागाउछु, आफन्त कहाँ जाँदा डिजाइन गरेको गाउन बनाएकी छु ।

म तेस्रो लिङ्गी महिला भएको १० बर्ष भयो । पहिला सानोमा केटा हुँदा आमा र दिदीहरुले लगाउने कपड़ा मनपर्ने फिलिङ पुरै केटि तर समाज परिवारको डरले खुलेन अहिले आफ्नो चाहना पुरा भयो केटिको फेशनेबल कपडा–जुत्ता लगाउन पाइन्छ ।

हामीले केटालाई आकर्षित गर्ने हुँदा राम्री बनेर हिडनु पर्छ । दशै अगाडि नै फेशियल र होल बडि मसाज गरि सके । यसपालि ब्वाय फ्रेन्ड नभएर दशै खल्लो छ मलाई । तर ट्रान्सजेन्डर महिला साथीहरुसंग खप्टड जाँदै छौ टिकाको भोलि पल्ट रमाइलो हुन्छ सधै दसै हाम्रो सवै पोहर साल दुबै जनाले सपिङ्ग गरेको थियौ । दशैको टिका पछाडी लामो टुरमा गएका थियौ । धेरै मिस गर्दै छु ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments