
ताहिर शेषराई (साहिल)
नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) लाई नेपालगन्जमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेशको मन्त्रीमा नियुक्तिपछि पहिलो पटक गृह जिल्ला आउनुभएका प्रदेश सरकारका मन्त्री अथकलाई स्वागत गरिएको नेपालगञ्जमा स्वागत एवं सम्मान गरिएको हो ।
वाइसीएल नेपाल नेपालगन्ज उपमहानगर पालिका नगर कमिटीले मन्त्री अथकलाई बिहिवार स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको छ ।
कार्यक्रममा मन्त्री अथकले खेलकुदको विकास बिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको कुरामा जोड दिनुभयो ।
यस्तै नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ पर्व, नेवार समुदायको नेपाल स्म्वत र मुस्लिम समुदायको मोहम्मद डेको शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य अतहर हुसैन फारुकी, मुस्लिम मुक्ति मोर्चा केन्द्रिय सचिवालय सदस्य काश्मिरा खातुन, नेकपा माओवादी केन्द्र नगर सदस्य रिजवान अहमद, वाइसीएल नगर कमिटी अध्यक्ष इमाम खान, नेकपा माओवादी केन्द्र नगर सचिब आदेश अग्रवाल, वाइसीएल जिल्ला कमिटी सदस्य किस्मत अलि शेष, समाजसेवी नन्दलाल वैश्य, वाइसीएल कार्यकर्ता तथा नेता सब्बीर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।







