अमेरिकी करोडपतिको सूचीमा रहेका डस्र्टलाई जन्मकैद

एजेन्सी । आफनै साथीको हत्या आरोप लागेका अमेरिकी रियल स्टेट व्यवसायी तथा करोडपति रोबर्ट डस्र्टलाई जन्मकैदको सजाय सुनाइएको छ ।

अमेरिकाको लस एन्जेलसस्थित एक उच्च अदालतले डस्र्टलाई आफ्ना मित्रको हत्या गरेको प्रमाणित भएपछि जन्मकैदको सजाय सुनाइएको हो ।

डस्र्टले सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो ।

आफ्नी पत्नी बेपत्ता भएको विषयमा बर्मनले प्रहरीलाई जानकारी गराउने डरले उनको हत्या गरेको स्वीकारेका छन् ।

टाउकोमा गोली लागेको अवस्थामा बर्मनको शव उनकै निवासमा फेला परेपछि अनुसन्धान थालिएको थियो ।

सोही क्रममा हत्या अभियोगमा डस्र्ट अमेरिकाको न्यू ओर्लियन्सबाट पक्राउ परेका थिए ।

७८ वर्षिय डस्र्टलाई जन्मकैदको सजाय भएपछि बर्मनका परिवारले राहतको महसुस गरेका छन् ।

अपराध सम्बन्धि लेखक बर्मन डस्र्टका प्रवक्ता रहेका थिए । डस्र्ट अमेरिकी करोडपतिको सूचीमा परेका व्यक्ति हुन् ।

Previous articleमन्त्री अथकलाई नेपालगञ्जमा स्वागत तथा अभिनन्दन
Next articleराप्ती नदिस्थित सिधनिया घाटमा दुर्गा मुर्ति बिसर्जन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here