
बाँके । नेपालगञ्ज वडा नं–१८ का एक जना महिलासहित बाँकेका तीन जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टायता भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका तीन जनासहित सात जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो स्वाब नजिता अनुसार नेपालगञ्ज १८ की एक २६ वर्षीय महिला, राप्तीसोनारी गाउँपालिका वडा नं–२ का २० वर्षीय पुरुष र वडा नं–८ की एक ३६ वर्षीय महिला कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
योसहित सल्यानका २ जना र बर्दियाका २ जनामा कोरोना भेटिएको अस्पातालले सूचना जारी गर्दै जानकारी दिएको छ ।






