
बाँके । नेपालगन्जमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा खटिएकाे टाेलीले जानकी गाउँपालिका वडा नं-६ का ३३ वर्षीय पुजारी हरिजन र २९ वर्षीय सुरेन्द्र तमाेलीलाई लागु औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएकाे हाे ।
प्रहरी टाेलीले उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका वडा न-८ स्थित समसानघाट नजिकैबाट एक ग्राम ब्राउनसुगर सहित पक्राउ गरेकाे बाँके प्रहरी प्रवक्ता सुवास खडकाले जानकारी दिनुभयाे ।
उनीहरू मंगलबार बिहान ८ बजे पक्राउ परेका हुन ।





