
नेपालगञ्ज । बाँके प्रहरीले भारतबाट भन्सार नतिरी ल्याइएको ठुलोमा मात्रामा मोबाईल फोन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याइएको ठुलो मात्राको मोबाईल फोनहरु असोज २७ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ को क्षेत्रबाट बरामद गरेको हो ।
भारतीय कम्पनी आइटेलका कि प्याड मोबाईल फोनहरु करिब ९ सय थान प्रहरीले बरामद गरेको जनाएको हो । करिब ६ लाख तिस हजार रुपैया बराबर रहेको उक्त मोबाईल फोनहरु आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।





