तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

file photo

कैलाली । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Previous articleसास फेर्न गाह्रो भएपछि महिला अधिकारकर्मी रुबी खान अस्पताल भर्ना
Next articleभन्सार छलि गरी ल्याइएको नौं सय थान मोबाईल फोन बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here