
ताहिर शेष राई
नेपालगन्ज । ईस्लाम धर्मावलम्बीको अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ.)को शुभ जन्म ज्यन्तिको अवसर पारेर नेपालगन्जमा हर्षोल्लासका साथ जुलुसे मोहम्मदी निकालिने तयारी पुरा भएको छ !
मंगलबार बिहान ७ बजे जामा मस्जिददेखि मोहम्मदी जुलुस शुरु भइ फुल्टेक्रा, डी.एस पी. रोड, एम.पिस स्कुल, त्रिभुवन चौक, बिपि चौक, धम्बोझी चौक, घरबारी टोल र त्रिबेणीमोड हुँदै गौसिया मस्जिद अगाडी समापन गरिने जामा मस्जिद ईदगाह सञ्चालक समितिले बताएकाे छ ।
आज मुस्लिम समुदायले ईस्लामिक परम्परा अनुसार दीप प्रजव्वलन र गाउँटोल झिलिमिली गरि रात्रीभरि जागरण गरि घर-घरमा मिलाद पढ्ने, नमाज पढ्ने र सामुहिक रूपमा धार्मिक कार्यक्रमहरु समेत गरिने धार्मिक अगुवाहरूलेे बताएका छन् ।
इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयाे ।
“हजरत मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो” । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि मंगलबार मुस्लिम समुदायको मोहम्मद जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।





