
नेपालगञ्ज । बाँकेको राप्ती नदिको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ । डुडुवा गाउँपालिका ४ का चार जनाको मंगलबार उद्धार गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज (मंगलबार) बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
राप्ती नदिमा फसेका डुडुवा गाउँपालिका ४ निवासी ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको हो ।
राप्तीको बाढीमा फसेका अन्य तीन जना भने सोमबार राती नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ । उनीहरुसोमबार बेलुका राप्ती नदीको बीच भागमा वन करेली टिप्न भनि गएका बेला फसेका थिए ।
अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ ।





