
ताहिर शेष राई (साहिल)
नेपालगन्ज । ईस्लाम धर्मावलम्बीको अन्तिम प्रवक्ता अर्थात पैगम्बर हजरत मोहम्मद (स.अ.) को शुभ जन्म ज्यन्तिको अवसरमा हर्षोल्लासका साथ नेपालगन्जमा जश्ने ईद मिलादुन्नबी सम्पन्न भएको छ ।
मंगलबार बिहान करीब ८:३० बजे जामा मस्जिदबाट निस्केको जुलुसे मोहम्मदी नगर परिक्रमा गरि गौसिया मस्जिद पुगि समापन गरिएको हो ।
इस्लामिक पात्रो अनुसार तेस्रो महिना रविउल्ल अवलको १२ तारिखका दिन नेपाली मुस्लिम सहित विश्वका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएका छन ।
इस्लाम धर्मका अन्तिम प्रवक्ता अर्थात पैगम्बर “हजरत मोहम्मदू साहवको जन्म साउदी अरबको मक्का शरीफमा बिबी आमिनाको कोखबाट भएको थियो ।





