हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन् । नजिकैको डिलाशैनी सामुदायिक वनबाट आएका जंगली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए ।

सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले केही स्थानीयका घर गोठ र बालीनालीमा क्षति पु¥याएको छ ।

Previous articleबाँके घटना : सहसचिव रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन
Next articleडेल्टा भन्दा १० प्रतिशत बढी संक्रामक कोरोनाको नयाँ भेरिएन्ट भेटियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here