डेल्टा भन्दा १० प्रतिशत बढी संक्रामक कोरोनाको नयाँ भेरिएन्ट भेटियो

एजेन्सी । बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत बढी सङ्क्रामक नयाँ भेरिएन्ट भेटिएको छ ।

पछिल्लो पटक विकसित भएको कोरोनाको डेल्टा भेरिएन्ट भन्दा नयाँ भेरियन्ट १० प्रतिशत सङक्रामक भएकाले सचेत रहन विज्ञ तथा डाक्टरले सुझाव दिएका छन् ।

कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायतमा कोरोना महामारी बढ्दो छ । नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणका लागि थप उपाय अवलम्बन गर्न विज्ञ तथा वैज्ञानिकसँग परामर्शसमेत थालेको छ । यो महामारीबाट मुक्त हुन अझै केही समय लाग्ने विज्ञले बताएका छन् ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएका छन् । कोरोना सङ्क्रण दर उच्च बन्दै जाँदा बेलायतमा एकैदिन २ सय २३ जनाको ज्यान गएको छ ।

कोरोनाविरुद्धको दोस्रो डोज खोप पूरा गरी बुस्टर लगाउन सुरु गरेकामा पनि कोरोना सङक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।

Previous articleहात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु
Next articleबर्दियाका किसानलाई राहत दिने घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here