
बुटवल । तीन दिनको अविरल वर्षाले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् ।
सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।
जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट भएका किसानको यकिन तथ्यांक लिएर तत्काल राहत दिइने प्रवक्ता शर्माले बताउनुभयो । उहाँका अनुसार राहत संकलनको काम सकिने बित्तिकै सरकारले राहत घोषणा गर्नेछ ।
डुबान र बाढीबाट मानवीय क्षति नभए पनि करोडौंको भौतिक नोक्सानी भएको प्रवक्ता शर्माले बताउनुभयो ।





