किसानहरुलाई राहत दिन माग गर्दै पूर्वमन्त्री राइद्धारा सरकारको ध्यानाकर्षण

नेपालगन्ज । बेमौसमी वर्षाका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण धानबाली सखाप भएपछि किसान चिन्तित बनेका छन् ।

किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ । केही दिनदेखि परेको वर्षाले खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान पिरलोमा परेका छन् ।

वर्षभरी खाने अन्न स्वाहा भएपछि किसानहरु राहतको माग गर्न थालेका छन् । बाढी र डुवानले किसानलाई ठूलो क्षती पुगेपछि पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले चासो व्यक्त गर्नुभएको छ ।

आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उहाँले दुख मनाउ गर्नुभएको छ । उहाँले तत्काल पीडितहरुलाई राहात प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

खेती भित्र्याउने बेला अचानक अविरल वर्षाले धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको भन्दै उहाँले तत्काल राहातको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बाँके क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभमा निर्वाचित राइले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बाँकेमा मात्रै साढे ७ हजार हेक्टर जमिनको धानबालीलाई वर्षाले क्षती पुर्याएको छ ।

Previous articleमेडिकल कलेजमा कर्मचारीको आन्दोलनः आकस्मिक बाहेक अन्य सेवा बन्द
Next articleडुडुवामा डल्लव दुर्घटना हुँदा ४ बर्षीय बालक घाईते, एक राँगाकाेे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here