डुडुवामा डल्लव दुर्घटना हुँदा ४ बर्षीय बालक घाईते, एक राँगाकाेे मृत्यु

नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा न-३ मा बैल गाडा (डल्लब) दुर्घटना हुँदा एक बालक गम्भीर घाईते भएका छन् ।

धानबाली बाेक्न गएकाे बैल गाडा बिहीबार दिउँसाे दुर्घटना हुँदा डुडुवा-३ हलबलडाेलीका बडकउ खाँकाे ४ वर्षीय छाेरा हसन माेहम्मद खाँ घाईते भएका हुन । नेपालगन्ज वडा न २१ काे बिर्ता गाउँ आउने बाटाेमा भएकाे दुर्घटनामा घट्नास्थलमा एक राँगाकाे समेत मृत्युु भईसकेकाे स्थानीय हिदायत खाँले जानकारी दिनुभयाे ।

घाईते बालकलाई उपचारका लागि नेपालगन्ज अस्पताल लगिएको छ ।

Previous articleकिसानहरुलाई राहत दिन माग गर्दै पूर्वमन्त्री राइद्धारा सरकारको ध्यानाकर्षण
Next articleबंगलादेशमा हिन्दुमाथि भएकाे आक्रमणकाे बिराेधमा नेपालगन्जमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here