बंगलादेशमा हिन्दुमाथि भएकाे आक्रमणकाे बिराेधमा नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बंगलादेशमा मुस्लिम समुदायले अल्पसंख्यक हिन्दूहरुमाथि गरेको आक्रमणलाई लिएर नेपालमा प्रदर्शन गरिएको छ ।

हिन्दूवादी संघसंस्थाको अगुवाइमा काठमाडौंस्थित बंगलादेशी दूतावास, बाँकेमा जिल्ला प्रशासन कार्यालय नेपालगन्ज अगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

नेपालगन्जमा प्रदर्शनसंंगै प्रशासनमार्फत बंगलादेश सरकारलाई ध्यानाकर्षण पत्र पठाईएकाे छ ।

प्रदर्शनका सहभागीले ‘बंगलादेशका हिन्दूहरूलाई न्याय देऊ’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

बंगलादेशमा पछिल्लो साता अल्पसंख्यक हिन्दूहरुमाथि मुसलमान समुदायले ज्यादति गरिरहेका छन् ।

हिन्दूका मन्दिर तोडफोड गर्नेदेखि घरमा आगो लगायत कार्यहरु भएका छन् । मुस्लिमको आक्रमणमा अहिलेसम्म ६ जना हिन्दू धर्माबलम्बीका मृत्यु भएको छ ।

Previous articleडुडुवामा डल्लव दुर्घटना हुँदा ४ बर्षीय बालक घाईते, एक राँगाकाेे मृत्यु
Next articleकात्तिक ७ र ८ मा २७ लाख बालबालिकालाई खुवाइँदै भिटामिन ‘ए’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here