
नेपालगञ्ज । प्रेस सेन्टर नेपाल, बाँकेको अध्यक्षमा पुन : डक्ट धिताल चयन हुनुभएको छ ।
शुक्रबार नेपालगञ्जमा सम्पन्न प्रेस सेन्टर बाँकेको चौथो अधिवेशनबाट अध्यक्षतामा धिताल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । यसअघिको नेतृत्व समेत धितालले नै गर्दै आउनुभएको थियो ।
यस्तै उपाध्यक्षद्धयमा राजेश आचार्य र आलम खान, सचिवमा संगीन शर्मा, सह(सचिबमा केपी घिमिरे तथा कोषाध्यक्षमा चन्द्र बहादुर बोहोरा चयन हुनुभएको छ ।
यसैगरी सेन्टरको कार्यसमिति सदस्यहरूमा सुदिप लामिछाने, पहल केसी, कबिन्द्र परियार, निरज सिंह, विवेक रेग्मी, सुशिला शर्मा, बिपिन खड्का, शुभाखर बि.क, बसन्ती परियार, अशरद रङरेज, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहू र ममता थापा चयन हुनुभएको छ ।
अधिवेशन उद्घाटन शत्रमा प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक तथा प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयोजक मानसिंह बिक, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनकै अवसरमा वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, सिराज खान, भिम रावत, सुशिल शर्मा, प्रदिप वाग्ले, शिव सुनार, कविन्द्र परियार लगायत पनि सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।





