सांकेतिक भाषा सम्बन्धी नेपालगञ्जमा दश दिने तालिम संचालन

नेपालगञ्ज । नेपालगञ्जमा सांकेतिक भाषा सम्बन्धि १० दिने तालिम संचालन गरिएको छ ।

नेपाली सांकेतिक भाषामा सबैको पहुँच भन्ने नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा शुक्रबारदेखि नेपालगञ्जमा १० दिने तालिम संचालन गरिएको हो ।

तालिमलाई नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले उद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले यो तालिमले स्रोत शिक्षकहरुलाई जीवन निर्वाहमा ठुलो सहयोग हुने धारणा राख्नुभयो ।

उहाँले बहिरा बिद्यार्थीहरुको सिकाई केन्द्रीत भएर गरिएको कार्यको प्रशंसा समेत गर्नुभयो ।

उद्घाटन शत्रमा शिक्षा बिकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादवले तालिममार्फत शिक्षकहरुको क्षमता अभिबृद्धि भइ बिद्यार्थीहरुको सिकाई कार्यमा सहजता ल्याउने बताउनुभयो ।

उहाँले फरक क्षमताका व्यक्तिहरुको लागि सबैले आआफ्नो क्षेत्र, ठाउँबाट सहकार्य तथा सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।

महासंघका महासचिव सन्तोष केसीको अध्यक्षतामा संचालन भएको उद्घाटन शत्रमा बिश्व शिक्षाका मोहन प्रसाद भुर्तेल, मिना अधिकारी, भेष बहादुर चौधरी, नेत्रहिन संघ बाँकेका कोषाध्यक्ष भोलानाथ त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

यू एस एडको आर्थिक सहयोगमा ह्याण्डीक्याप इन्टरनेशनल, बिश्व शिक्षाको समन्वयमा सुनाई सम्बन्धी अपाङ्गता भएका बिद्यार्थी केन्द्रीत शिक्षहरुको गुणस्तरीय भाषिक संचार सिप बिकासका लागि आधारभूत नेपाली सांकेतिक भाषा तालिमको आवश्यकता अनुसार संचालन गरिएको आयोजकले जनाएको छ ।

नेपालका करिब १० वटा जिल्लाका बहिरा बिद्यालयबाट २० जना श्रोत शिक्षकहरुको सहभागिता रहेको छ । तालिम अवधिभर सहजीकरणलाई सहज तथा प्रभावकारी बनाउनका लागि दोषासे सपना अधिकारीले समेत सहजीकरण गर्नुहुने जनाइएको छ ।

Previous articleप्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा पुन : धिताल सर्वसम्मत
Next articleछोरीको बिहे गर्ने डुडुवाका किसान नाइमुको योजना बिफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here