
रमेशकुमार यादव
उचेंमसाहा । अविरल वर्षाले बाँकेमा धानबालीलाई मात्र होइन तरकारी खेतीमा पनि क्षति पुर्याएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको वडा न ४ स्थित उचेंमसाहामा बेमौसमी वर्षाले उन्नत कृषक समूहले १८ कठ्ठामा लगाएको काउली खेती नोक्सान भएको छ ।
जग्गा बहालमा लिएर तरकारी खेती गरेको समूहले पाँच लाख रुपैयाँ बराबर नोक्सान भएको अध्यक्ष नाइमु खाँले बताउनुभयो ।
‘तरकारी बेचेर छोरीको बिहे गर्ने सपना देखेको थिए । दैवले मा¥यो’, उहाँले दुःखेसो पोख्नुभयो, ‘साना किसान बैंकबाट दुई लाख कर्जा लिएर तरकारी खेती गरेको थिए । तरकारी बेचेर आठ जना परिवारको खर्च चल्थ्यो । जीवन धान्ने आधार नै सुकेको छ ।’
उहाँले वार्षिक एक लाख रुपैयाँ तिर्ने गरी जग्गा लिजमा लिनुभएको थियो । उहाँले भन्नुभयो, ‘सरकार र दातृ निकायबाट सहयोग पाए केहि राहात मिल्थ्यो ।’






