
दाङ । प्रहरीले शनिबार साँझ एकैसाथ तुलसीपुरका दुई जुवा अड्डामा छापा मारेको छ ।
जुवा खालबाट दुई लाख ४५ हजार नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लले बताउनुभयो । जुवा अड्डाबाट १९ जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।
तुलसीपुरको अटो भिलेजभित्र जुवा खेलिरहेका १२ जनाबाट ७५ हजार नगद र तुलसीपुर बजारमै जुवा खेलिरहेका ७ जनाबाट १ लाख ७० हजार नगद बरामद भएको एसपी काफ्लेले बताउनुभयो ।
जिल्लाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा एकै दिन तुलसीपुरका दुई जुवा अड्डामा छापा हानेर १९ जनालाई पक्राउ गरेको काफ्लेले जानकारी दिनुभयो ।





