जोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालन

नेपालगञ्ज । नेपालगञ्जमा कोभिड १९ जोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी दुई दिने कार्यशाला संचालन गरिएको छ ।

जिल्लाको बाल तथा युवा क्लबका पदाधिकारी सदस्य लक्षित गरी नेपालगञ्जमा उक्त कार्यशाला संचालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेभ द चिल्ड्रेनको साझेदारीको सहयोगमा सामाजिक बिकास मञ्च (एस डि एफ) बाँकेले जोखिम संचार र सामुदाय संलग्नता परियोजना अन्तर्गत कार्यशाला संचालन गरेको जनाएको छ ।

नेपालगञ्जमा उपमहानगरपालिकामा रहेको युवा क्लब, बाल क्लबमा आबद्ध किशोर किशोरी युवाहरुको सहभागिता रहेको कार्यशालामार्फत कोभिड १९ खोप सम्बन्धी रहेको डर र हिचकिचाहट पत्ता लगाई खोप्रति आम सर्वसाधारण समुदायको बिद्यमान गलत धारणामा परिवर्त गर्ने र खोप कार्यक्रममा जनसमुदायको सहभागितामा बृद्धि गराउने उद्देश्य रहेको छ ।

कार्यक्रमको उद्घाटनमा शत्रमा परियोजनाका सम्बन्धमा परियोजना संयोजक शिवानी भट्टराईले जानकारी गराउनुभएको थियो भने कार्यशालालाई सहयोगी संस्था सेभ द चिल्ड्रेनका आयुष जोशी श्रेष्ठ र अमिक पौडेलले सहजीकरण गर्नुहुने भएको छ ।

Previous articleप्रहरीद्धारा दुई जुवा अड्डामा छापा, अढाई लाख बरामद, १९ जना पक्राउ
Next articleसुर्खेतबाट काठमाडौं जाँदै गरेकाे बसमा आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here