सामाजिक बिकास मञ्च बाँकेको २३ औं साधारण सभा सम्पन्न

चिसापानी । सामाजिक बिकास मञ्च (एस डि एफ) बाँकेको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चम्पसिंह थापा मगरको सभाध्यक्षता तथा बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्लको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको हो ।

साधारणसभामा बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले बार्षिक प्रतिवेदन साथै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कार्यक्रममा उपस्थित अतिथि तथा सदस्यहरुलाई मायाको चिनो बापत संस्थाको लोगोसहितको टिसर्ट वितरण गरिएको थियो ।

कार्यक्रममा बैजनाथ वडा नं. १ का अध्यक्ष मल्ल, संस्थाका जेष्ठ सदस्य लिलाराम पुरी, समाजसेवी अम्मरजंग हमाल, स्वास्य चौकी ईन्चार्ज प्रेम शाह लगायतका वक्ताहरुले सल्लाह सुझावसहित शुभकामना दिनुभयो ।

संस्थाका अध्यक्ष चम्पसिंह थापा मगरले संस्थालाई अझ व्यवहारिक र समुदायको सर्वोपरी हितका लागि काम गर्न स्थानीय सरकार लगायत अनतराष्ट्रिय गैर सरकारी संस्थाहरुसँगको सम्बन्धलाई अझ प्रगाढ र निकट बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय स्तरका बिभिन्न सरकारी, गैर सरकारी तथा अन्य संघसस्ंथा लगायत संस्थाका सदस्यहरुसहित जम्मा ५५ जनाको सहभागिता रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष चाँदनी थापा मल्लले उपस्थितलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमलाई सदस्य पार्वती घिमिरेले संचालन गर्नुभएको थियो ।

Previous articleजोखिम संचार तथा सामुदायिक सहभागिता सम्बन्धी संचालित कार्यशाला सम्पन्न
Next articleबर्दिया र कैलालीका बाढी प्रभावितलाई राहत सहयोग हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here