डुडुवा ५ लाई बाल विवाहमुक्त वडा घोषणा गरिँदै

रमेशकुमार यादव,
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाल विवाह मुक्त घोषणा हुने भएको छ ।

वडालाई बाल विवाह मुक्त घोषणा गर्ने तयारी शुरु गरिएको छ । वडालाई घोषणा गर्नका लागि सोमबार वडामा सरोकारवालासंग संयुक्तरुपमा छलफल समेत गरिएको छ ।

छलफलले कार्तिक २३ गते वडालाई बालविवाह मुक्त वडा घोषण गर्ने सहमति जुटेको डुडुवा–५ का वडा अध्यक्ष प्रशुराम बुढाथोकीले बताउनुभयो ।

डुडुवा गाउँपालिकालाई नै बाल विवाहमुक्त पालिका घोषणाका लागि बिभिन्न कार्यक्रमहरु निरन्तर हुँदै आएका छन् । यस अभियानकै क्रममा पालिकाकै पहिलो वडाका रुपमा वडा नं ५ लाई घोषणा गर्ने सहमति भएको हो ।

Previous articleबर्दिया र कैलालीका बाढी प्रभावितलाई राहत सहयोग हस्तान्तरण
Next articleपरिचयपत्र विना कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here