परिचयपत्र विना कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह

काठमाण्डौ । सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ ।

यस्तै पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

११ जना अफगान नागरिक भारतको बाटो काठमाण्डौमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

आज सोमवार बिहान ११ जना अफगान नागरिक सिनामङ्गलबाट पक्राउ परेका थिए । प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ ।

कात्तिक ४ र असोज तेस्रो हप्ता उनीहरू बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका प्रहरीले जनाएको छ ।

Previous articleडुडुवा ५ लाई बाल विवाहमुक्त वडा घोषणा गरिँदै
Next article१२ लाख ८८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here