
बर्दिया । अष्ट्रेलियन एडको आर्थिक सहयोगमा केयर नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँकेको साझेदारीमा सन्चालित कोभिड–१९ आपतकालीन प्रतिकार्य र पुर्नलाभ परियोजना अन्तर्गत बर्दिया र बाँके जिल्लामा स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउन साथै खोप सेवा प्रवाहलाई थप सवलीकरण गर्नको लागी कोल्डचेन ईक्युपमेन्ट सामाग्री बर्दिया र बाँके जिल्लामा हस्तान्तरण गरिएको छ ।
बर्दिया जिल्लाको स्वास्थ्य कार्यालयलाई २२५ लिटर क्षमताको १ थान आईएलआर र १ थान फ्रिजर उपलब्ध गराईएको छ । सो सामाग्री भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेका अध्यक्ष टेक बहादुर पुन र केयर नेपालका मानवीय सहायता ब्यवस्थापक केशव भट्टले संयुक्त रुपमा बर्दिया जिल्ला प्रमुख अधिकारी सन्त बहादुर सुनारलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनारले स्वास्थ्य सेवामा थप प्रभावकारी हुने सामाग्री सहयोग गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्नु भयो ।
त्यसैगरि सोमबार नै बाँकेको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखालाई पनि २२५ लिटर क्षमताको १ थान आईएलआर र १ थान फ्रिजर उपलब्ध गराईएको छ ।
सो सामाग्री भेरी वातावरणीय विशिष्टता समुह९बी–ग्रुप० बाँकेका अध्यक्ष टेक बहादुर पुन र केयर नेपालका मानवीय सहायता ब्यवस्थापक केशव भट्ट र बी ग्रुपका निर्देशक डम्मर सुनारले संयुक्त रुपमा स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
सो सामाग्री ग्रहण गर्नु हुँदै पौडेलले पालिकाको स्वास्थ्य सेवामा सुधार हुुने गरि सहयोग गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्नु भयो ।





